काठमाडौँ । लगातारको वर्षा अभावका कारण देशभर गर्मीको असर तीव्र बनेको छ भने तराई-मधेशका जिल्लाहरू गम्भीर खडेरीको चपेटामा परेका छन् । खेतबारीमा रोपाइँ ठप्प भएको छ भने खानेपानी समेत अभाव हुन थालेपछि जनजीवन कष्टकर बनेको छ ।
यसै सन्दर्भमा प्रदेश सरकारद्वारा मधेशलाई ‘सुखा क्षेत्र’ घोषणा गरिएको छ । यता संघीय सरकारले पनि मधेश प्रदेशका सबै जिल्लालाई ‘विपद् संकटग्रस्त क्षेत्र” घोषणा गरिसकेको छ।
पूर्व उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो फेसबुकमार्फत खडेरीबाट प्रभावित जनताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘खडेरीको कारण रोपाइँ मात्र होइन, खानेपानी समेत समस्या भएको छ। तर अहिलेसम्म सरकारले त्यसतर्फ समुचित ध्यान दिन सकेको छैन। तत्काल राहत प्याकेज घोषणा गरियोस् ।’
श्रेष्ठले संघीय र प्रदेश दुवै सरकारलाई संकटको समयमा जिम्मेवारीपूर्वक कार्य गर्न आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० साउन २०८२, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ