काठमाडौँ । नेपाल कम्युनिष्ट पाार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो पटक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढाएको बताएका छन् ।
संयुक्त राज्य अमेरिकाको लस एन्जेल्समा आयोजित नेपाली समुदायसँग भएको भेटमा पूर्वउपप्रधामन्त्री श्रेष्ठले तत्कालीन सरकारले थालेको सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानले आमजनतामा आशा जगाउन सकेको बताए ।
पार्टीलाई सुदृढीकरण गर्दै जनतासँग जोड्नका लागि हुलाकीमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको उल्लेख गर्दै उनले माओवादी जनताको सेवक भएको बताए ।
कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले नेपालको वर्तमान राजनीतिक परिस्थिति, समृद्धिको कार्यभार, चुनौती तथा सम्भावना, गैरआवासीय नेपाली नागरिकताको व्यवस्था तथा नेपाली डायस्पोराको भूमिकाबारे धारणा राखेका थिए ।
कार्यक्रममा विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि, व्यवसायी, इन्जिनियर, चिकित्सक, प्राध्यापकलगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ असार २०८२, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यायपालिका अहिले गम्भीर संकटमा छ : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
संघीयता र लोकतन्त्र रक्षाको दायित्व सबैको हो: नारायणकाजी श्रेष्ठ
बहुविवाहलाई कानूनी मान्यता दिने कुरा स्वीकार्य हुँदैन: नारायणकाजी श्रेष्ठ
पार्टीको आन्तरिक बहस बाहिर लैजानु गलत हुन्छ: नारायणकाजी श्रेष्ठ
खानेपानीका लागि नेताकोमा धाउन नपरोस् : नारायणकाजी श्रेष्ठ