काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी छ महिनाभित्र महाधिवेशन सकेर सिङ्गो पार्टी निर्वाचनको तयारीमा होमिने बताएका छन् । माओवादी केन्द्र दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिको छैटौँ अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अब बस्ने केन्द्रीय समिति बैठकपश्चात् महाधिवेशनको तयारी गरिने बताए।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सम्पन्न भएपछि आगामी असारमा बस्ने केन्द्रीय समिति बैठकमार्फत महाविधेशनको तयारी गरिनेछ । अबको छ महिना पूरै महाधिवेशनमा केन्द्रित हुन्छौँ ।” महाधिवेशनले राजनीतिक कार्यदिशाको थप विकास र परिमार्जन गर्ने र केन्द्रीय समितिको सङ्ख्या घटाएर १९९ मा ल्याउने उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ जेठ २०८२, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ