काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी छ महिनाभित्र महाधिवेशन सकेर सिङ्गो पार्टी निर्वाचनको तयारीमा होमिने बताएका छन् । माओवादी केन्द्र दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिको छैटौँ अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अब बस्ने केन्द्रीय समिति बैठकपश्चात् महाधिवेशनको तयारी गरिने बताए।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सम्पन्न भएपछि आगामी असारमा बस्ने केन्द्रीय समिति बैठकमार्फत महाविधेशनको तयारी गरिनेछ । अबको छ महिना पूरै महाधिवेशनमा केन्द्रित हुन्छौँ ।” महाधिवेशनले राजनीतिक कार्यदिशाको थप विकास र परिमार्जन गर्ने र केन्द्रीय समितिको सङ्ख्या घटाएर १९९ मा ल्याउने उनको जिकिर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ जेठ २०८२, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ’ : नारायणकाजी श्रेष्ठ
फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं: नारायणकाजी श्रेष्ठ
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध