काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व्यवस्थाविरोधी शक्तिहरूले सुनियोजित र व्यवस्थित ढंगले अघि बढेको पार्टीले निष्कर्ष निकालेको बताएका छन् ।
प्रेस सेन्टर नेपाल दोलखा जिल्ला समितिद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै व्यवस्थाविरोधी शक्तिहरूका विरुद्ध प्रस्तुत हुनेबारे गणतन्त्रवादी दलहरूसँग छलफल गरिरहेको बताए ।
उनले भने, ‘प्रतिगामी शक्तिहरूको विरुद्ध हामीले छलफल त गरिरहेकै छौँ । अहिले लोकतान्त्रिक उपलब्धिहरूलाई खोस्ने वा अपहरण गर्ने प्रवृत्ति निर्णायक बिन्दुमा पुगिसक्यो भन्ने मूल्यांकन गरेर अभियान स्थगित गरेर आएका होइनौँ । तर, त्यो प्रयत्न पहिले भन्दा सुनियोजित र व्यवस्थित रूपमा बढिरहेको छ भन्ने हाम्रो निष्कर्ष हो । त्यसैले हामीले सांसदभित्रको भूमिकालाई पनि प्रभावकारी बनाउनुपर्यो, र राष्ट्रिय राजनीतिको हस्तक्षेपलाई पनि हामीले केन्द्र भागबाट अगाडि बढाउनुपर्छ भनेर केही दिनको कार्यक्रममा फेरेको हो । हामी तुरुन्तै अभियानलाई निरन्तरता दिन्छौँ ।’
उनले अहिलेको सरकारले अलोकप्रिय काम गरेकै कारणले राजावादीहरूले सक्रियता बढाउने मौका मिलेको दाबी गरे । उनले अहिलेको सरकारले भ्रष्टाचारमा केन्द्रित रहेको भन्दै लोकतन्त्र, देश र जनताको हितमा काम नगर्ने दाबी गरे ।
उनले अग्रगमनको संविधान संशोधन गर्न तयार रहेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थामा जानुपर्ने बताए । उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ । निर्वाचनमा देखिएको भ्रष्टाचार रोक्नको लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ, मन्त्रिपरिषद् संसद् बाहिरबाट बनायौँ भने धेरै कुरा सकारात्मक रूपमा अघि बढ्छ भन्ने हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ