काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सञ्चालनमा रहेका पानी जहाजबारे जिज्ञासा राखेका छन् ।
मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बोल्दै उनले यो विषयमा पानी जहाज कार्यालयका अधिकारीहरूसँग जवाफ माग गरेका हुन् ।
समितिमा पानी जहाज एन संशोधन विधेयकमाथि छलफल चलिरहेको छ ।
छलफलमा भाग लिँदै उनले प्रश्न गरे, ‘मनोरञ्जनको रूपमा, पर्यटनको रूपमा अर्का कुरा । यातायातकै रूपमा कति जहाज नेपालमा चल्छन् ?’
छलफलका क्रममा राष्ट्रिय सभा सदस्य समेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजबारे चर्चा गर्दै ‘टिकट काट्न’ भनेको स्मरण गरे ।
‘संविधान जारी भएपछि नै तत्कालीन प्रधानमन्त्रीले पानी जहाजको टिकट काट्ने भन्नुभएको थियो । त्यो बेला काटेको टिकटको भ्यालिडिटी (वैधानिकता) बाँकी छ कि छैन ?,’ श्रेष्ठले प्रश्न गरे ।
१४ असार २०७५ मा प्रधानमन्त्री ओलीले २०७५ कै पुस १६ गते पानीजहाजको टिकट काट्न सप्तरीको हनुमाननगर पुग्न भनेका थिए । तर त्यसबेलै ओलीको यस्तो अभिव्यक्तिको आलोचना भएको थियो ।
त्यसबेला नेपालमा पानी जहाज कार्यालय समेत थिएन । पछिल्लो समय पानी जहाज कार्यालय भने स्थापना भएको छ । सरकारले पानी जहाज सञ्चालन सम्बन्धी एन पनि संशोधन गर्न लागेको छ ।
यो विधेयक भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १ पुस २०८१ मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । २४ माघ २०८१ मा सभामा प्रस्तुत भएको थियो । २७ माघमा सामान्य छलफल भएको थियो ।
त्यसपछि यो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा आएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खानेपानीका लागि नेताकोमा धाउन नपरोस् : नारायणकाजी श्रेष्ठ
खडेरीले आक्रान्त मधेशमा राहत प्याकेज व्यवस्था गर्न नारायणकाजीको माग
सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौंः नारायणकाजी श्रेष्ठ
कुलिङ पिरियडसम्बन्धी विधेयकमा हेरफेर सुनियोजित अपराध हो : नारायणकाजी श्रेष्ठ
निजामती ऐन र शिक्षा ऐनलाई छिटो अघि बढाउन नारायणकाजी श्रेष्ठ आग्रह
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी श्रेष्ठ