काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां)को अगुवाइमा सोमबार बाँकेको नेपालगन्जमा प्रदर्शन गर्न लागिएको छ ।
महामन्त्री डा धवल शमशेर राणा नेतृत्वको आन्दोलन परिचालन समितिले आगामी चैतमा हुने राजधानी केन्द्रित आन्दोलनको पूर्वतयारी स्वरुप नेपालगन्जमा मोटरसाइकल र्यालीसहितको प्रदर्शन गर्न लागेको हो ।
प्रवक्ता सगुन लावतीका अनुसार राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य, प्रदेश खारेजी, भ्रष्टाचारको अन्त्य लगायतका माग राखेर प्रदर्शन गर्न लागिएको जानकारी दिए । स्थानीय रामलीला मैदानमा जम्मा भएर दिउँसो १२ बजेदेखि मोटरसाइकल र्याली गर्ने तय भएको उनको भनाइ छ ।
यसअघि समितिले धनगढीमा यस्तै र्याली गरिसकेको छ भने देशका प्रमुख सहरमा क्रमशः गर्दै गइने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
राजसंस्था समर्थकलाई बिजुलीबजारमा प्रदर्शन गर्न रोक
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप
जनकपुरमा सात दलीय मोर्चाको प्रदर्शन
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन