काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां)को अगुवाइमा सोमबार बाँकेको नेपालगन्जमा प्रदर्शन गर्न लागिएको छ ।
महामन्त्री डा धवल शमशेर राणा नेतृत्वको आन्दोलन परिचालन समितिले आगामी चैतमा हुने राजधानी केन्द्रित आन्दोलनको पूर्वतयारी स्वरुप नेपालगन्जमा मोटरसाइकल र्यालीसहितको प्रदर्शन गर्न लागेको हो ।
प्रवक्ता सगुन लावतीका अनुसार राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य, प्रदेश खारेजी, भ्रष्टाचारको अन्त्य लगायतका माग राखेर प्रदर्शन गर्न लागिएको जानकारी दिए । स्थानीय रामलीला मैदानमा जम्मा भएर दिउँसो १२ बजेदेखि मोटरसाइकल र्याली गर्ने तय भएको उनको भनाइ छ ।
यसअघि समितिले धनगढीमा यस्तै र्याली गरिसकेको छ भने देशका प्रमुख सहरमा क्रमशः गर्दै गइने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
इरानका विभिन्न शहरमा उग्र प्रदर्शन
मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहद्वार आज पनि प्रदर्शन
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
राजसंस्था समर्थकलाई बिजुलीबजारमा प्रदर्शन गर्न रोक
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन