काठमाडौँ । नेकपा एमालेले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई स्पष्ट कार्यदिशाविहीन र परम्परागत शैलीको दस्ताबेज भएको टिप्पणी गरेको छ।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गुरु बरालले नीति तथा कार्यक्रममा ठोस नयाँपन नदेखिएको बताएका हुन्।
उनले प्रस्तुत कार्यक्रमलाई ‘शब्दजाल’मा सीमित रहेको आरोप लगाउँदै यसले स्पष्ट गन्तव्य र कार्ययोजना प्रस्तुत गर्न नसकेको धारणा राखे। बरालका अनुसार अघिल्ला सरकारहरूले अघि सारेका कार्यक्रमलाई फरक भाषामा पुनः प्रस्तुत गरिएको जस्तो देखिएको छ।
एमालेले नीति तथा कार्यक्रमले देशको वर्तमान आवश्यकता र चुनौतीलाई सम्बोधन गर्ने स्पष्ट दृष्टिकोण नसमेटेको टिप्पणी पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ बैशाख २०८३, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
सरकारको ‘मेरिट’ नियुक्ति माथि प्रश्न : पिएसबी अध्यक्षमा हिजो आवेदन आह्वान, आजै सूचना रद्द, कसका लागि तयार हुँदैछ नियुक्ति प्रक्रिया ?
सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति
पुँजी बजार विस्तारका लागि पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता बढाइने