एजेन्सी । इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा धार्मिक सत्ताविरुद्ध चर्का नारा लगाउँदै प्रदर्शन भएको देखिन्छ। केही स्थानमा ‘शाह जिन्दाबाद’का नारा पनि सुनिएका छन्।
बीबीसी फारसीका अनुसार ती भिडियोहरू पुष्टि भइसकेका छन्। रिपोर्टमा उल्लेख भएअनुसार पछिल्ला वर्षहरूमा धार्मिक सत्ताविरुद्ध देखिएको यो सबैभन्दा ठूलो प्रदर्शन मानिएको छ।
गुरुवार साँझ तेहरान र देशको दोस्रो ठूलो सहर मशहदमा शान्तिपूर्ण प्रदर्शन भएका थिए। प्रारम्भिक चरणमा सुरक्षा बलले ती प्रदर्शनमा हस्तक्षेप नगरेको बताइएको छ।
यद्यपि, एक अनुगमन समूहले प्रदर्शन फैलिँदै गएपछि देशभर इन्टरनेट सेवा बन्द गरिएको जनाएको छ। इन्टरनेट बन्दसँगै वास्तविक अवस्था र घटनाको विस्तृत विवरण बाहिर आउन कठिन भएको छ।
प्रदर्शनको कारण र आगामी अवस्था बारे इरानी अधिकारीहरूले औपचारिक प्रतिक्रिया दिएका छैनन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २५ पुस २०८२, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान
इनिशा विश्वकर्मालाई न्याय माग्दै सिरहामा प्रदर्शन
मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहद्वार आज पनि प्रदर्शन
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
राजसंस्था समर्थकलाई बिजुलीबजारमा प्रदर्शन गर्न रोक