काठमाडौँ । बंगलादेशमा लोकप्रिय विद्यार्थी नेताको निधनपछि प्रदर्शन चर्किएको छ।
परिस्थिति नियन्त्रणबाहिर पुगेपछि शुक्रबार प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन गरिएको छ।
बिहीबार राति देशभर हिंसा, तोडफोड तथा आगजनीका घटना भएका थिए। दुई लोकप्रिय सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टार को कार्यालयमा पनि प्रदर्शनकारीले निशाना साँधेका छन्।
आगामी फेब्रुअरी १२ मा बंगलादेशमा आम चुनाव हुने तय छ। चुनावको पूर्वसन्ध्यामा भएको प्रदर्शनले अधिकारीहरूलाई चिन्तित बनाएको छ।
छ दिनसम्म उपचारपछि इन्कलाव मञ्चका प्रवक्ता सरिफ ओस्मान हादीको बिहीबार निधन भएको थियो। बंगलादेशमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सिंगापुर लगिएको थियो। उनीमाथि गत साता शुक्रबार ढाकामा नकाबधारीले टाउकोमा गोली हानेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला
बंगलादेशमा आम चुनावको मिति घोषणा
शान्त बंगलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको सजाय
शेख हसिना विरुद्धको फैसलाअघि बंगलादेशमा कडा सुरक्षा
बंगलादेशमा हिंसात्मक झडप, चार जनाको मृत्यु