फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते

सफल खबर संवाददाता

आइतबार, २७ बैशाख २०८३, १३ : ४५
फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते

काठमाडौँ । दाङको देउखुरीमा फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

घोराहीबाट प्युठानको बाहानेतर्फ जाँदै गरेको लु. २ ख. ६०२९ नम्बरको फोर्स गाडी महेन्द्र राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका-४, मौरीघाटमा दुर्घटनामा परेको हो ।

बिहान करिब सवा १० बजेतिर परेको दुर्घटनामा चार जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको भालुबाङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेको पहिचान र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस