काठमाडौ । उपसभामुख रुवि कुमारी ठाकुरले विवाह निमन्त्रणापत्रमै “दहेज मुक्त विवाह” भन्ने स्पष्ट सन्देश समावेश गर्न आग्रह गरेकी छन्। पछिल्लो समय आफूले प्राप्त गरेका धेरै निमन्त्रणापत्रहरूमा यस्तो सन्देश नदेखिएको भन्दै उनले समाज अझै दाइजो प्रथाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गरेको बताइन्।
उनले दाइजो लिनु र दिनु मात्र नभई त्यसमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको उल्लेख गरिन्। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष असर पार्ने उनको भनाइ छ।
समाज परिवर्तनका लागि व्यक्तिगत स्तरबाटै पहल आवश्यक रहेको उल्लेख गर्दै उपसभामुख ठाकुरले दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी नहुने स्पष्ट पारिन्।
उनले विवाह निमन्त्रणापत्रमै “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश राखेर सचेतना फैलाउन सबैलाई अनुरोध गरिन्।
“दाइजोमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौं,” उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ बैशाख २०८३, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखमा रुबीकुमारी निर्वाचित
उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय
उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाको समर्थन गर्ने निर्णय सर्वसम्मत पारित
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
उपसभामुख उम्मेदवार रुबीकुमारी ठाकुरको प्रतिक्रिया : “देशलाई सधैँ साथ दिन्छु”
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा