मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहद्वार आज पनि प्रदर्शन

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०८२, १५ : ०४
मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहद्वार आज पनि प्रदर्शन

काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

जेन जेडको भावना विपरीत सरकार अघि बढ्न खोजेकाले प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्ने माग राख्दै उनीहरूले मंगलबार पनि काठमाडौँको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले जेन जेडका माग पुरा गर, जेन जेडको माग चुनाव होइन, सुशासन हो, लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रशासनको अनुमतिबिना प्रदर्शन भएपछि प्रहरीले रोक्न खोजे पनि उनीहरूले प्रदर्शन गरेका थिए ।

वर्तमान सरकार जेन जेड आन्दोलनको म्याण्डेड विपरीत अघि बढेकाले सर्वपक्षीय सरकार गठन हुनुपर्ने उनीहरूको माग छ । जनतामा राज्यप्रतिको भरोसा कमजोर हुँदै गएकाले युवाहरूलाई एकीकृत गर्दै नयाँ आन्दोलन सुरु गरिएको उनीहरूले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस