काठमाडौँ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ सबजु गण (शान्ति सेना) को अदलीबदली भएको छ ।
शान्ति सेना ६६ औँ डफ्फालाई बदली गर्न विष्णुदल गण ६७ औँ डफ्फाका ९१ जना नेपाली शान्ति सैनिकको तेस्रो टोली मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी प्रेस नोटमा जनाइएको छ ।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका ९१ जना नेपाली शान्ति सैनिक यही वैशाख २५ गते स्वदेश फिर्ता भएका थिए । उक्त मिसनमा ५५४ जना नेपाली शान्ति सैनिक कार्यरत रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ बैशाख २०८३, १७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु
लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
इजरायली आक्रमणमा लेबनानमा १२ स्वास्थ्यकर्मीको मृत्यु