मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०८२, १४ : २४
मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

काठमाडौँ । घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोका हजारौं समर्थकहरूले उनको रिहाइको माग गर्दै काराकसमा प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनका सहभागीहरुले “भेनेजुएलालाई निकोलसको आवश्यकता रहेको र न्युयोर्कमा लागुऔषधको आरोपमा मुद्दाको सामना गर्न अपदस्थ गरी लगिएको भन्दै नारा लगाएका छन् ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज राजनैतिक सङ्णमको चुनौतिसँग लडिरहेको छन भने वासिङ्टनबाट उनको सरकारमा मादुरो सहयोगीहरू र भेनेजुएलाका जनताको समर्थनलाई खोजिरहेको जनाइएको छ ।

प्रदर्शनकारीहरू, मध्ये धेरै जना सार्वजनिक क्षेत्रका कामदारहरू थिए भने उनीहरुले मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसको फोटो बोकेका थिए ।

सरकारले आह्वान गरेको पदयात्रा तथा विरोध प्रदर्शनमा सयौँ मिटरसम्म फैलिएको थियो ।

प्रतिक्रिया दिनुहोस