मिलन पाण्डे रास्वपा प्रवेश, शिक्षा विभाग प्रमुखको जिम्मेवारी

सफल खबर संवाददाता

आइतबार, २७ बैशाख २०८३, १९ : ४०
मिलन पाण्डे रास्वपा प्रवेश, शिक्षा विभाग प्रमुखको जिम्मेवारी

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टीले उनलाई शिक्षा विभागको प्रमुखको जिम्मेवारीसमेत प्रदान गरेको छ।

रास्वपाको केन्द्रीय सचिवालय बैठकले पाण्डेलाई शिक्षा विभाग प्रमुखमा मनोनीत गर्ने निर्णय गरेको हो। यसअघि सो जिम्मेवारीमा सुमना श्रेष्ठ रहेकी थिइन्। उनले पार्टी छाडेपछि उक्त पद रिक्त रहेको थियो।

त्यसैगरी बैठकले डा. प्रभात अधिकारीलाई स्टार्टअप विभागको प्रमुखमा चयन गरेको छ। अधिकारीले यसअघि रास्वपाको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका थिए।

पार्टीभित्र रिक्त रहेका संरचनागत जिम्मेवारीहरू पूर्ति गर्दै संगठनलाई थप सक्रिय बनाउने उद्देश्यसहित नयाँ मनोनयन गरिएको रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस