काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभाको बैठकमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
आज बसेको संसदीय दलको बैठकमा सरकारका पछिल्ला कदमबारे छलफल भएको प्रमुख सचेतक युवाराज दुलालले बताए।
संसद् बैठकमा पार्टीले अधिवेशनमा सुकुम्वासी समस्याको अविलम्व प्रभावकारी समाधान गर्नुपर्ने, संसद् छलेर ल्याएको अध्यादेशहरूको सवाल, प्रस्तावित प्रतिनिधि सभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने, प्रधानन्यायाधीश नियुक्तिलगायतका विषयलाई उठाउने उनले बताए।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले ल्याएको अध्यादेश र सुकुम्वासी बस्तीमा डोजर चलाएको विरोधमा विपक्षी दल एकैठाउँमा उभिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ बैशाख २०८३, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग