चितवन । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चितवनको माडी नगरपालिका आएका छन् । माओवादीले सोमबारदेखि सुरु गरेको हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी : तराई–मधेस एक महिने जागरण अभियानमा भाग लिन आइतबार झापा पुगेका थिए । झापाको कचनकवलमा भएको उद्घाटन समारोहमा शीर्ष नेताहरूले सम्बोधन गरेका थिए ।
सम्बोधन गर्नेक्रममा आयोजकसँग रिसाएका श्रेष्ठ झापाको बाह्रदशीमा भएको कार्यक्रममा देखिएका थिएनन् । मंगलबार बिहान मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा भएको कार्यक्रममा समेत उनी देखिएका छैनन् ।
अहिले माडी नगरपालिकामा हुन लागिएको चार दिने शिवरात्रि मेलाको उद्घाटनका लागि श्रेष्ठ चितवन आएको माडी २ का वडाध्यक्ष दण्डपाणि पौडेलले जानकारी दिए । उद्घाटन समारोह सकेर फेरि अभियानमै जोडिने पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध
‘जेन जेडको प्रदर्शनले भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ’ : नारायणकाजी श्रेष्ठ
अदालतको अवहेलना मुद्दामा नारायणकाजी श्रेष्ठसँग सर्वोच्चद्वारा लिखित जवाफ माग
न्यायपालिका अहिले गम्भीर संकटमा छ : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
संघीयता र लोकतन्त्र रक्षाको दायित्व सबैको हो: नारायणकाजी श्रेष्ठ