काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।
बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् ।
यसैगरी, आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।
आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपंक्ष विकास, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत मन्त्रीहरुले जवाफ दिनेछन् ।
यस्तै, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बजेटमा उठेका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असार २०८१, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना