काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन।
विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने गरी कन्सुलर सेवा विभागले आजदेखि सुरु गरेको नयाँ ‘मोडयुल’को शुभारम्भ गर्दै उनले सो कुरा बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारले प्रारम्भदेखि नै जनतालाई सार्वजनिक सेवा सहज र सरल रूपमा प्रदान गर्ने प्रतिबद्धताअनुसार काम गर्दै आएको उल्लेख गरे । “सूचना प्रविधिको प्रयोग गरेर घरमै सरकारका सेवा छिटो, छरितो त्रुटिरहित रूपमा प्रदान गर्न हामीले यो सेवा प्रारम्भ गरेका हौँ”, उनले भने ।
यो सेवा प्रारम्भपछि विदेश बस्ने नेपाली नागरिकले घरमै बसेर आफ्नो समस्या र गुनासो व्यक्त गर्न पाउने र समाधानका सम्बन्धमा भएको सम्बोधनसमेत अनलाइनबाटै जानकारी लिन सक्ने उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभागले यसअघि सरकारको प्रतिबद्धताअनुसार अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र लिन सकिने व्यवस्था गरिसकेको छ ।
कार्यक्रममा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले नयाँ ‘मोडयुल’को सेवाका बारेमा जानकारी गराएका थिए । “उक्त मोडयुलमा कुनै पनि सेवाग्राहीले राहदानी नं र जन्ममिति प्रविष्ट गरेपछि नयाँ ‘फोल्डर’ निर्माण हुन्छ । फोल्डरमा आफ्ना समस्या र गुनासा लेख्न मिल्ने तथा सम्बोधनका बारेमा समेत जानकारी पाइने व्यवस्था गरिएको छ”, उनले भने।
महानिर्देशक पौडेलले विदेशमा रहेका दूतावासमा सीमित कर्मचारीबाट धेरै सेवाग्राहीका काम गर्न यो प्रविधिको सुरुआत गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ चैत्र २०८०, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ’ : नारायणकाजी श्रेष्ठ
फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं: नारायणकाजी श्रेष्ठ
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध