काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न उपाध्यक्ष अर्याल बुधबार बिहान प्रधानमन्त्री निवास वालुवाटार पुगेकी थिइन् ।
भेटमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र उपाध्यक्षको राजीनामाको विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरणमा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष फरक-फरक दलबाट बनाउने सहमति भएको बताएका छन् । त्यसअनुसार माओवादी केन्द्रका तर्फबाट तय भएका उम्मेदवार नारायणप्रसाद दाहाल अध्यक्षमा निर्वाचित भइसकेका छन् । हाल माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष रहेकी अर्यालले राजीनामा दिनेछिन् ।
उपाध्यक्ष अरु दललाई दिने तयारी छ । तर, कुन दललाई दिने भन्ने निर्णय सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
नबोलेका प्रधानमन्त्रीले संसदमा बोल्लान् त आज ?
संसदप्रति प्रधानमन्त्रीको निरन्तर उपेक्षा