काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरेर सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ ।
बैंकले चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २.५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको हो ।
कार्तिक २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का खरिद गर्न सकिने बैंकले जनाएको छ ।
सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ । बैंकले हरेक वर्ष तिहारका अवसरमा सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने