काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका नेताहरूलाई सिंहदरबारमा बोलाएका छन्।
सदन अवरोध हटाउनेबारे छलफल गर्न सिंहदरबारमा बोलाइएको एमालेका एक नेताले जानकारी दिए।
पशुपतिको जलहरीबारे माओवादीका सांसद लेखनाथ दाहालको अभिव्यक्तिको विरोधमा एमालेले शुक्रबार सदन अवरूद्ध गरेको थियो।
एमालेले जलहरी पित्तल हो कि सुन हो भन्नेबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने र सत्तापक्षले माफी माग्नुपर्न माग राखेका छन्।
यही विषयलाई लिएर एमालेले आज पनि संसद अवरोध गर्ने तयारी गरेको छ। सरकार संसदमा प्रस्तुत नीति तथा कार्यक्रम पारित गराएर १५ गते बजेट ल्याउनुपर्ने दबाबमा छ।
आज नीति तथा कार्यक्रममाथिको छलफलमा उठेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ। त्यसकारण सदन अवरोध खुलाउन प्रधानमन्त्रीले एमालेसँग छलफल गर्न लागेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, निर्वाचनमा ढुक्कसँग सहभागी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की