काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका नेताहरूलाई सिंहदरबारमा बोलाएका छन्।
सदन अवरोध हटाउनेबारे छलफल गर्न सिंहदरबारमा बोलाइएको एमालेका एक नेताले जानकारी दिए।
पशुपतिको जलहरीबारे माओवादीका सांसद लेखनाथ दाहालको अभिव्यक्तिको विरोधमा एमालेले शुक्रबार सदन अवरूद्ध गरेको थियो।
एमालेले जलहरी पित्तल हो कि सुन हो भन्नेबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने र सत्तापक्षले माफी माग्नुपर्न माग राखेका छन्।
यही विषयलाई लिएर एमालेले आज पनि संसद अवरोध गर्ने तयारी गरेको छ। सरकार संसदमा प्रस्तुत नीति तथा कार्यक्रम पारित गराएर १५ गते बजेट ल्याउनुपर्ने दबाबमा छ।
आज नीति तथा कार्यक्रममाथिको छलफलमा उठेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ। त्यसकारण सदन अवरोध खुलाउन प्रधानमन्त्रीले एमालेसँग छलफल गर्न लागेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग