भरतपुर महानगर प्रमुख रेनु दाहालद्धारा बाईपास सडकमा वृक्षरोपण

सफल खबर संवाददाता

शुक्रबार, १७ चैत्र २०७९, १४ : ३४
भरतपुर महानगर प्रमुख रेनु दाहालद्धारा बाईपास सडकमा वृक्षरोपण

चितवन । भरतपुरको बाईपास रोड अन्र्तगतको विशालचोकदेखि मालपोतचोकसम्मको डिभाईडरमा वृक्षरोपण गरिएको छ । शुक्रबार वृक्षरोपण कार्यक्रमको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले वृक्षरोपण गरिन् ।

सो क्रममा बोल्दै महागनर प्रमुख दाहालले भरतपुरका बनेका सयौ किलोमिटर सडकलाई सौन्र्दयकरणलाई प्राथामिकतामा राखेको उल्लेख गरिन्। भरतपुर महानगरपालिकाले एक घर दुई विरुवाको नीति नै लिएकाले भरतपुरलाई हेर्न लाएक शहर, हरियाली सडक, वातावरणमैत्री सहरका रुपमा अगाडि बढाउन अग्रसर रहेको बताइन् ।

महानगर प्रमुख दाहालले भरतपुरमा राष्टिय वन, सामुदायिक वन भएपनि स्वच्छ, हराभरा सहरका रुपमा परिचत गराउन सहर क्षेत्रमा पनि वृक्षरोपणलाई विषेश महत्व दिएको उनको भनाई छ ।

भरतपुर बाइपास रोडमा भएका डिभाईडरमा भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय र राष्ट्पति चुरे तराई मधेश संरक्षण विकास समितिकाको सहकार्यमा सिजियम र बौगेनवेलयिाको ३ फिट अग्लो बिरुवाहरु लगाईने छ । सिजियम र बौगेनवेलयिा ३ मिटरको फरकमा रोपिने छ भने त्यसमा कार्पेटग्रास लगाईने जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्पति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा करण पौडेलले यस आर्थिक वर्षमा भरतपुरसहित २४ पालिकामा सहर केन्द्रीत वृक्षरोपण कार्यक्रम सञ्चालन भएको जानकारी दिए।

शहरमा वृक्षरोपण गर्नाले ४देखि ५ डिग्रीसम्म तापक्रम न्यूनीकरण गर्न सकिने अध्ययनले देखाएकाले शहरी क्षेत्रमा वृक्षरोपणलाई प्राथामिकता दिनुपर्ने आल्यौए। बढ्दो जनसंख्याको वृद्धिसँगै वृक्षरोपणलाई पनि बढाउदै सहरको सौन्दर्यकरण गरी हरित सहर निर्माणमा जुट्नुपर्नेमा जोड दिए। विकसित सहरमा कुल बजेटको १५ प्रतिशत रकम हरियाली प्रर्वद्धनमा बजेट विनियोजन गर्ने परिपाटी रहेको उनको भनाई थियो ।

भरतपुर महानगरपालिकाकले भरतपुरमा रहेका ६ लेन सडक, बाईपास र भित्री सडकमा हरियाली प्रवद्र्धन गर्ने नीति नै लिएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल, वडा सदस्य ऋषि थापालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस