काठमाडौँ । नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटीको बैठकमा पार्टीका नेता तथा एकता वार्ता कमिटीका सदस्य प्रमेश हमालले माओवादी केन्द्रसँग गरिने एकताका तीन आधारमा प्रस्तुत गरेका छन् । उनले एकताको अपरिहार्यताबारे आफ्नो धारणा राखेका हुन् ।
माओवादी केन्द्रसँगको वार्तामा एकताका निम्ति पहिलो शर्त समाजवादी क्रान्ति सम्पन्न गर्न शान्तिपूर्ण बाटो अपनाउने रहेको उनले बैठकमा बताए । दोस्रो अधारका रूपमा सम्मानजनक सांगठनिक एकता रहेको सुनाए । र, तेस्रोमा नेतृत्व परिवर्तनको विषय रहेको सुनाए ।
पार्टी एकतापछि ६ महिनाभित्र प्रक्रियामार्फत नेतृत्व परिवर्तन गर्ने कुरा घनिभूत रूपले चलेको उनले बताए । उनले भने, ‘यो कुरा माधव कमरेड र प्रचण्ड कमरेडले पनि बुझ्नुभएको छ ।’ एमालेबाट गरिएको विद्रोहलाई ‘बाध्यता’ भन्दै हमालले अहिले माओवादी केन्द्रसँग गरिन लागेको एकतालाई ‘उद्देश्य’ का रूपमा बुझ्नुपर्ने बताए ।
उनले भने, ‘समाजवादी क्रान्तिलाई ठुलो शक्ति चाहिन्छ, त्यसका लागि एकता अपरिहार्य छ ।’ नेपाली विशेषताको वैज्ञानिक समाजवाद स्थापना गर्न एकतामा जाने भन्दै उनले भने, ‘नेतृत्व परिवर्तन अनिवार्य छ, त्यो हामी गर्छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, १६ : ३९
लेखकबाट थप