काठमाडौँ । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदैछ ।
उनीहरुको बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा आज सुनुवाइ हुन लागेको हो ।
यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो । हाल पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन । लामिछाने ललितपुरको नख्खु कारागार र जोशी भैरहवा कारागारमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य
रवि लामिछानेको खुट्टामा चोट, त्रिवि शिक्षण अस्पताल भर्ना
रवि लामिछाने अस्पतालमा भर्ना
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण अभियोग संशोधनसम्बन्धी विवादमा मूल कागजात झिकाउन आदेश
निर्वाचन प्रचार-प्रसारका क्रममा संयम र मर्यादालाई प्राथमिकतामा राख्न रवि लामिछानेको निर्देशन
अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी