काठमाडौ । मंगलबार बिहान ७ बजेसम्म काठमाडौं उपत्यकाको सवारी आवागमन सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ। उपत्यकाका आन्तरिक सडक तथा नाकाहरूमा सवारी सञ्चालन सहज र नियमित रुपमा भइरहेको बताइएको छ।
तर, देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण केही राजमार्गमा यातायात अवरुद्ध भएको छ।
ट्राफिक कन्ट्रोल रुमका अनुसार—
१. वि.पी. राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला, बुलढुंगा र डालावेशी क्षेत्रमा पहिरो खस्दा आवत–जावत रोकिएको छ।
२. कोशी राजमार्ग अन्तर्गत संखुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरूण मा खसेको पहिरोका कारण सवारी चल्न सकेको छैन ।
३. पासाङल्हामु राजमार्ग अन्तर्गत रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ घट्टेखोला, बालुवाखानी र तातोपानी क्षेत्रमा पनि पहिरोका कारण आवागमन रोकिएको छ।
४. यसैगरी, रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढी स्थित नेपाल–चीन नाका जोड्ने मितेरी पुल गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनेपछि अझै आवागमन अवरुद्ध रहेको छ।
ट्राफिक प्रहरीले खुला सडकमा सिमित गतिमा सावधानीपूर्वक सवारी सञ्चालन गर्न चालकहरूलाई अनुरोध गरेको छ। साथै, ट्राफिक नियमको पालना गरी सुरक्षित यात्रा गर्न पनि आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असोज २०८२, ०७ : ५५
लेखकबाट थप