जनमत छोडेका अब्दुल खान रेशम चौधरीको नयाँ पार्टीमा

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०८२, १६ : ४४
जनमत छोडेका अब्दुल खान रेशम चौधरीको नयाँ पार्टीमा

काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान रेशम चौधरीले बिहीबार दर्ता गरेको नयाँ दलमा प्रवेश गरेका छन् ।

जनमतको उपाध्यक्ष पद छोडेका खान नयाँ दल दर्ता गर्ने क्रममा रेशमसँगै निर्वाचन आयोग पुगेका हुन् ।

जेनजी आन्दोलन पछि रेशमले नयाँ दल गठन गरेको घोषणा गरेका थिए । पत्नी रञ्जिता श्रेष्ठसँग पार्टीभित्र विवाद निरन्तर भएपछि रेशमले नयाँ दल नागरिक उन्मुक्ति पार्टी (नेपाल) गठन गरेका हुन् ।

अब्दुलसँगै थप पाँच जना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत छोड्ने निर्णय गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस