काठमाडौँ । ११ औँ महाधिवेशनको तयारीका सम्बन्धमा औपचारिक छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ बजे बैठक आयोजना गरिएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार मङ्सिर २७ देखि २९ सम्म पोखरामा हुने ११ औँ महाधिवेशनको तयारीका सम्बन्धमा आजको बैठकमा प्रारम्भिक रिपोर्टिङ हुनेछ ।
उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्ध्मा अर्यालले पोखराको वस्तुस्थितिका बारेमा बैठकमा रिपोर्टिङ गर्ने तयारी छ । बैठकले महाधिवेशन तयारीका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी दिने सम्भावना छ ।
बैठकमा महाधिवेशनको कार्यतालिका, प्रतिनिधिको सङ्ख्या, प्रतिनिधि छनौटको आधार आदि विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिएका छन् ।
बैठकमा सरकारले फागुन २१ गते गर्ने भनेको निर्वाचन, पछिल्ला राजनीतिक घटनाक्रम आदि विषयमा पनि छलफल हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०८२, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अध्यक्षमा ओलीको अग्रता कायमै, पोखरेलले कति मत पाए ?
महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ?
एमाले महाधिवेशन : अध्यक्षमा ओली अगाडि, अन्य पदमा यस्तो छ नतिजा (ताजा अपडेट)
एमाले महाधिवेशन : अध्यक्षमा ओली अगाडि, महासचिवमा टक्कर