काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईँको पछि मान्छेहरू रहेको भन्दै अब आन्दोलनको साटो राजनीतिक दल खोलेर चुनावमा जान सुझाव दिएकी छन् ।
सम्पादकहरूसँगको छलफलका क्रममा दुर्गा प्रसाईँबारे प्रसंग निस्केपछि प्रधानमन्त्रीले उनले अराजक कुरा गर्न छाडेर चुनाव जितेर राजा ल्याउने भए पनि ल्याउन सुझाव दिइन् ।
प्रधानमन्त्रीले भनिन्-‘उनको मान्छेहरू शक्ति पनि राम्रै छ,सामाजिक काम पनि गरेको भन्छन्, कतिजनालाई सित्तैमा पढाएको भन्छन् त्यसो भए जनताले भोट दिइहाल्छन् नि । राजनीतिक पार्टीहरू डिग्रेड भइरहेको बेला उनले पार्टी खोलेर उनीहरुविरुद्धको जनमत लिने मौका छ । झापाका नेताहरू कमजोर भएको बेला छ,दुर्गा प्रसाईँ चुनाव लडेर जित्न सक्छन् । चुनाव जितेर राम्रो सिट ल्याएपछि राजा ल्याउने हो कि अरू कोही ल्याउने हो ल्याए भैगयो नि ।’
प्रधानमन्त्री कार्कीले चुनाव बिथोल्ने र हिंसा भड्काउने कुनै काम गरेर कानुन स्वतः क्रियाशील हुने चेतावनी समेत दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ कार्तिक २०८२, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की