काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादीसँग एकता गर्न नयाँ सर्त अघि सारेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा बोल्दै माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वबाट बिदा हुने सर्तमा माओवादीसँग एकता गर्न सकिने बताएका हुन् ।
बैठकमा महासचिव भुसालले भने, ‘तपाईँहरूले ‘प्रचण्ड’ र माधव नेपाल)ले अब नेतृत्व छाड्ने भए एकताको वातावरण बनाउन सकिन्छ । मैले प्रचण्डलाई पनि त्यही भनेको छु, अन्यथा झन्डा र नाम मिल्यो भन्दैमा एकता गर्दा धोका हुन्छ । हिजो पनि एकताबाट धोका सुरु भएको हो ।’
उनले हिजो एमाले र माओवादी मिलेपछि नै ओली राजनीतिक रूपमा बलियो भएको उनको भनाइ छ । माओवादीसँग एकता गर्ने विषयमा नेकपा एसमा चर्को मतभेद छ । अहिले पदाधिकारीहरूले आ(आफ्नो धारणा राख्ने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल
घनश्याम भुसालको प्रश्न- मुलुक राजनीतिक ब्ल्याक होलतर्फ गइरहेको हो ?
नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु: घनश्याम भुसाल