काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड नेतृत्वको सरकारमा जान तयार देखिएको छ । सरकारमा रास्वपाको सहभागिताबारे प्रधानमन्त्री प्रचण्डले आवश्यकता महसुस गरेको भन्दै पार्टीको उपसभापति डोलप्रसाद अर्यालले रास्वपा सरकारमा जानु समयको माग भएको बताए ।
उनले पार्टी सरकारमा जाने परिस्थिति बनेमा आफ्नो पार्टीले गृह मन्त्रालय पाउनुपर्ने बताए । ‘सरकारमा जान हतारभन्दा पनि यो समयको माग हो । सरकार निर्माणमा हाम्रो आवश्यकता प्रधानमन्त्रीले महसुस गर्नुभएको हुनाले त्यसमा हामी सकारात्मक छौँ’, उनले भने। सरकारमा जानु नै गलत हो भनेर भाष्य निर्माण गर्नु आफैँमा गलत भएको उनको भनाइ छ ।
संविधानले वाचा गरेका कुरालाई कार्यान्वयन गर्न आफू राजनीतिमा आएको उल्लेख गर्दै उनले रास्वपामाथि अहिल्यै शङ्का गर्नुपर्ने समय नआएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर
रास्वपाले बृहत् राजनीतिक संवादमा किन बोलाउन चाहेन कुलमान घिसिङलाई ?
रास्वपाले बृहत् राजनीतिक संवाद गर्ने
चुनाव केन्द्रित गतिविधिलाई तीव्र पार्ने रास्वपाको निर्णय
रास्वपाको सचिवालय बैठक बस्दै
रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा