काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड नेतृत्वको सरकारमा जान तयार देखिएको छ । सरकारमा रास्वपाको सहभागिताबारे प्रधानमन्त्री प्रचण्डले आवश्यकता महसुस गरेको भन्दै पार्टीको उपसभापति डोलप्रसाद अर्यालले रास्वपा सरकारमा जानु समयको माग भएको बताए ।
उनले पार्टी सरकारमा जाने परिस्थिति बनेमा आफ्नो पार्टीले गृह मन्त्रालय पाउनुपर्ने बताए । ‘सरकारमा जान हतारभन्दा पनि यो समयको माग हो । सरकार निर्माणमा हाम्रो आवश्यकता प्रधानमन्त्रीले महसुस गर्नुभएको हुनाले त्यसमा हामी सकारात्मक छौँ’, उनले भने। सरकारमा जानु नै गलत हो भनेर भाष्य निर्माण गर्नु आफैँमा गलत भएको उनको भनाइ छ ।
संविधानले वाचा गरेका कुरालाई कार्यान्वयन गर्न आफू राजनीतिमा आएको उल्लेख गर्दै उनले रास्वपामाथि अहिल्यै शङ्का गर्नुपर्ने समय नआएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपा संसदीय दलको बैठक बस्दै, यस्तो छ एजेन्डा
आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने
संविधान संशोधनमा रास्वपाको उल्टो कदम : बहसअघि कार्यदल, दलहरू अन्योलमा
निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन