एजेन्सी । इजरायलले लेबननमा आक्रमणका कारण रिसाइरहेको इरानलाई आफूविरुद्ध हमला गरिए कडा जवाफ दिइने चेतावनी दिएको छ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए।
बीबीसीका अनुसार उनलेे भने, 'यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।'
रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०८२, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले राख्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरे परिणाम राम्रो नहुने ट्रम्पको चेतावनी
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
इरानले खसालेको अमेरिकी युद्धक विमानका एक चालकको उद्धार
ट्रम्पले इरानसँगको सम्झौताबारे के भने ?
मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ: इरान