आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक संघ

सफल खबर संवाददाता

शनिबार, २८ चैत्र २०८२, १८ : ०८
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक संघ

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको बताउँदै सो निर्णयमा पुनर्विचार गर्न माग गरेको छ ।

सरकारले शनिबार र आइतबार दुई दिन बिदा गर्ने व्यवस्था लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई आइतबार पनि बहिरंग सेवा सञ्चालन गर्न आग्रह गरेको थियो ।

अस्पतालहरूले आफ्नो कार्यभार हेरी बहिरंग सेवा सञ्चालन गर्न र सट्टा बिदा मिलाएर भए पनि सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिएको थियो

 

प्रतिक्रिया दिनुहोस