काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
बिहीबार दर्ता भएको पूरक रिटलाई सर्वोच्चले आज (चैत २७)को पेसी दिएको छ । यसअघि विशेष महाधिवेशनलाई मान्यता नदिन माग गर्दै रिटको पेसी आगामी वैशाख ३ गतेका लागि तोकिएको छ ।
सर्वोच्चबाट आदेश नहुँदै १५औँ महाधिवेशनसहित अन्य गतिविधि आधिकारिकता पाइसकेझैँ सुरु गरेको भन्दै देउवा पक्षले पुनः रिट लगेको हो ।
उसले १५औँ महाधिवेशन कार्यतालिका कार्यान्वयनमा रोक लगाउने आदेश माग गर्दै मुद्दाको छिनोफानो भएपछि मात्रै अन्य गतिविधि गर्ने आदेश माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०८२, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग
भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष संरक्षणको प्रावधानप्रति काँग्रेसको आपत्ति
काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अब अनलाइन प्रणालीमार्फत गर्न सकिने
कांग्रेसले बहिष्कार गर्यो राज्य व्यवस्था तथा सुशासन समितिको बैठक