काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान भित्र रहेर सरकारले गर्ने काममा आफूहरूले रचनात्मक र सकारात्मक ढङ्गले सघाउने बताएका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै संविधान माथि छेडखानी हुन थाले प्रतिवादमा उत्रिने बताए।
उनले भने, ‘नेपाल राष्ट्रको राष्ट्रिय हित माथि कहीँ कतैबाट आँच आउन थाल्यो या जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाले भने हामी चाहिँ त्यसको फेरि सदनभित्र पनि सडकबाट पनि त्यसको प्रतिवाद गर्छौँ। हामीले यो स्पष्टसँग सुरुदेखि नै भन्दै आएका छौँ।’
अहिले विद्यार्थीहरूको हक अधिकारबारे या कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको बताए।
उनले थपे, ‘जनताले लामो सङ्घर्ष ठुलो त्याग र बलिदान गरेर प्राप्त भएका अधिकारहरू जनवर्गका अधिकार माथि कुनै किसिमको छेडखानी नगरियोस्। अझ त्यसमाथि संविधान संशोधनका पनि कुरा चलेका छन्। संविधान संशोधनका हामी विरोधी छैनौँ। तर त्यो संशोधन महिलाहरूको अधिकार थप्नको लागि हुन पर्यो, जनतालाई अधिकार थप्नको लागि हुन पर्यो खोस्नलाई होइन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ चैत्र २०८२, १८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड