काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा १.२१ प्रतिशतले गिरावट हुँदा २ महिनापछि २ हजार अंकको बिन्दुबाट तल झरेर बन्द भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २१.४४ अंकले गिरावट भएर १९९५.४९ अंकमा बन्द भएको छ ।
नयाँ सरकार गठन भएर अर्थतन्त्रीमा विष्णु पौडेन नियुक्त भएसँगै बजार बढेर १४ पुसमा २ हजार अंकको बिन्दुबाट माथि लागेको थियो । नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकममा पनि संकुचन भएको छ । बुधबार सबै उपसूचकमा गिरावट हुँदा उत्पादनमुलक उपसूचक २.६५ प्रतिशतले गिरावट भएको छ ।
बुधबार नेप्सेमा २६ हजार ४५४ वटा कारोबारमा ३७ लाख २९ हजार ९७६ कित्ता सेयर कारोबार हुँदा १ अर्ब २८ करोड ८३ लाख ६३ हजारको कारोबार भएको छ । जसमध्ये अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ७२ लाख ३७ हजारको कारोबार भएको छ ।
यस्तै शिवम् सिमेन्टको ८ करोड ४० लाख ८० हजार र हिमालयन डिष्टिलरीको ३ करोड ३६ लाख ४० हजारको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ फागुन २०७९, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार
१९ अंक बढ्यो सेयर बजार