काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज पनि नेप्से २३.६० अंकले घटेर दुई हजार ४६ दशमलव ८१ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ९४ करोड ७६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ३२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३७६.२० रुपैयाँ पुगेको हो ।
आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेड कम्पनीको भएको छ । यसको आज २० करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ फागुन २०७९, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार