काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज पनि नेप्से २३.६० अंकले घटेर दुई हजार ४६ दशमलव ८१ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ९४ करोड ७६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ३२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३७६.२० रुपैयाँ पुगेको हो ।
आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेड कम्पनीको भएको छ । यसको आज २० करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ फागुन २०७९, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार