काठमाडौं। एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कार्यालय समयभित्र आज लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ माघ २७ गतेदेखि बिक्री खुला गरेको हो ।
सर्वसाधारणका लागि यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४।७१ प्रतिशत अर्थात ८ लाख ४० हजार कित्ता सेयर छुट्याएको थियो । सोमध्ये, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर र ५ प्रतिशत अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात १६ हजार ८ सय कित्ता कर्मचारीहरुलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।
उक्त आईपीओमा मागभन्दा २१।०५७ गुणा बढी आवेदन परेको छ । फागुन २ गतेसम्ममा १३ लाख १८ हजार ७९८ जनाले १ करोड ४६ लाख ८१ हजार २० कित्ताका लागि आवेदन परिसकेको सीडीएसले जनाएको छ ।
न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यस कम्पनीमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ रेटिङ एजेन्सी केयर नेपालले प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको संकेत गर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला