काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) बिक्री सोमबार (माघ १२) देखि खुला भएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता आईओ निष्कासन गर्ने अनुमति पाएको थियो । २० लाख कित्तामध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा एक लाख कित्ता गरी कुल ११ लाख कित्ता यसअघि नै निष्कासन गरिसकेको छ ।
बाँकी रहेको ९ लाख कित्तामध्ये ७० हजार कित्ता सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्याइएको छ ।
यसरी बचेको ८ लाख ३० कित्ता हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुलाइएको हो ।
इच्छुकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि माघ १५ गतेसम्म आवेदन दिनुपर्नेछ ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०८२, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालंगा हाइड्रोको आईपीओ बाँडफाँड
स्नो रिभर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला