शिखर पावरको आईपीओ बाँडफाँट

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०८२, १२ : २५
शिखर पावरको आईपीओ बाँडफाँट

काठमाडौँ । शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो । यसअघि सर्वसाधारणका लागि शिखरको आईपीओमा फागुन १७ देखि २६ गतेसम्म आवेदन खुलाइएको थियो ।

गोलाप्रथाबाट १ लाख ८४ हजार २६० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ । स्वीकृत आवेदनमध्ये २४ लाख ६६ हजार ५८७ आवेदकको हात रित्तो भएको छ । आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

आईपीओमा २६ लाख ८७ हजार ३४७ जनाले आवेदन दिएकोमा २६ लाख ५० हजार ८४७ स्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस