सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०८२, ११ : ३३
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौँ। सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आजदेखि आईपीओ बिक्री खुला गरेको छ ।  

कम्पनीले कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासन गर्नेछ । जसमा सर्वसाधारण समूहको हिस्सा ३३ र संस्थापकको हिस्सा ६७ प्रतिशत हुनेछ ।

सर्वसाधारण समूहको कुल १७ लाख २३ हजार ८८० कित्ता सेयरमध्ये वैदेशिक रोजगारमा रहेकालाई १ लाख ७२ हजार ३८८ कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

श्रम इजाजत लिएर विदेश गएकाले यो आईपीओ भर्न सक्नेछन् । छिटोमा मंसिर २९ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रूपमा सेयर बिक्री नभएमा पुस १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० तथा अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस