सालपा विकास बैंकको आईपीओ बाँडफाँट

सफल खबर संवाददाता

शुक्रबार, २५ पुस २०८२, १० : १८
सालपा विकास बैंकको आईपीओ बाँडफाँट

काठमाडौं । सालपा विकास बैंक लिमिटेडको सेयर (आईपीओ) शुक्रबार (पुस २५) बिहान बाँडफाँट भएको छ । 

यो आईपीओ १ लाख ४३ हजार ९०८ जनाले १०/१० कित्ताका दरले र ९ जनाले ११/११ कित्ता प्राप्त गरेका छन् ।

यसको नतिजा बैंकको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड वा सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिनेछ । मेरो सेयरमा पनि नतिजा हेर्न सकिनेछ । 

बैंकले आफ्ना कर्मचारीलाई २६ हजार ११९ कित्ता छुट्याएर १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको थियो । 

प्रतिक्रिया दिनुहोस