काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सोमबार बस्दैछ। बैठक आज सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको पार्टीको सचिवालयले जनाएको छ।
बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा टुंगो लगाउनेछ। यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए।
तर नागरिकता विवादका कारण अदालतले सांसदबाट निलम्बित हुने फैसला गरेसँगै सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। आइतबार निर्वाचन आयोगले चितवन-२ मा २०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ फागुन २०७९, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
रास्वपाको समानुपातिक सांसद बन्ने होड : आवेदन दिएका सातै प्रदेशका उम्मेदवारको सूची प्रकाशित
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो