रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा छोराले दाउराको चिरपटले हानेर बाबुको हत्या गरेका छन् ।
गएराति चन्द्रपुर नगरपालिका(६ का ५५ वर्षीय बुवा निरकुमार राईलाई छोरा प्रकाश राईले दाउराको चिरपटले हानी हत्या गरेको इलाका प्रहरी कार्यालयका चन्द्रनिगाहपुरले जनाएको छ ।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा छोरा प्रकाशले चिरपटले बुवा निरकुमारलाई आक्रमण गरेका थिए । टाउको र निधारमा गम्भीर चोट लागेका निरकुमार उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बाबुको हत्या आरोपमा ३२ वर्षीय छोरा प्रकाश राइलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० माघ २०७९, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या