काठमाडौँ । संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित अज्बान क्षेत्रमा मिसाइल तथा ड्रोन अवरोधका क्रममा खसेको अवशेष लागेर सात जना नेपाली नागरिक घाइते भएका छन्।
अबुधाबी मिडिया अफिसलाई उद्धृत गर्दै गल्फ न्युज, अनादोलु समाचार एजेन्सीले जनाएअनुसार वायु रक्षा प्रणालीले आक्रमणकारी मिसाइल र ड्रोनलाई आकाशमै नष्ट गर्ने क्रममा त्यसका टुक्रा जमिनमा खस्दा घटना भएको हो ।
उक्त घटनामा कुल १२ जना घाइते भएका छन्, जसमा सात जना नेपाली र पाँच जना भारतीय नागरिक रहेका छन्। घाइते नेपालीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्यदेखि मध्यम रहेको जनाइएको छ।
“मिसाइल अवरोधपछि खसेको अवशेषका कारण १२ जना घाइते भएका छन्,” भन्दै अबुधाबी मिडिया अफिसले जनाएको छ, “घाइतेमध्ये केहीको अवस्था गम्भीर छ र सबैलाई तत्काल उपचारका लागि अस्पताल भर्ना गरिएको छ।”
यसैबीच, गल्फ न्युज, अनादोलु समाचार एजेन्सीका अनुसार उक्त घटना क्षेत्रीय सुरक्षा तनावका बिच भएको मिसाइल तथा ड्रोन आक्रमणलाई निष्क्रिय पार्ने क्रममा भएको हो।
घटनापछि प्रभावित क्षेत्रमा आपतकालीन सेवा तथा सुरक्षाकर्मी परिचालन गरिएको र अवस्थालाई नियन्त्रणमा लिइएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ चैत्र २०८२, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह
सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिए
अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा युएईमा कार्यरत नेपालीहरूलाई चेतावनी
यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी