काठमाडौँ । सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई विभिन्न प्रलोभन देखाएर रकम ठगी गर्ने चीनका नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार ३५ वर्षीय जु यी फेङले ठगी गरेको रकम अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) मा साटेर कारोबार गर्दै आएका थिए।
पक्राउ परेका उनलाई काठमाडौँ महानगरपालिका-२, ठमेलबाट नियन्त्रणमा लिइएको हो। यस क्रममा प्रहरीले करिब १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ बराबरको युएसडीटी क्रिप्टो, तीनवटा मोबाइल फोन र अन्तर्राष्ट्रिय एक्सप्रेस मार्फत रकम पठाउन प्रयोग हुने कागजातहरू पनि बरामद गरेको छ।
काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ चैत्र २०८२, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला