धनगढी । धनगढीमा श्रीमतीको हत्या गरी एक जना फरार रहेका छन्। गएराति धनगढी उपमहानगरपालिका–७ को देवहरियाका ३६ वर्षका डम्मराज जोशीले श्रीमती ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरेका हुन्।
उनले सरस्वतीको टाउको धारिलो हतियार प्रयोग गरी हत्या गरेको र घटना लगत्तै फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमील्सिनाले जानकारी दिए। श्रीमतीको हत्या गर्ने जोशी पूर्व शिक्षक समेत हुन्।
अहिले मृत्तकको शव उठाएर पोस्टमाटमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा छ।
डिएसपी तिमील्सिनाका अनुसार हत्यापछि फरार जोशीको खोजी कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ फागुन २०८२, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या