जनकपुर । धनुषाको औरही गाउँपालिका ६ मा एक युवकको हत्या भएको छ।
दुवै हात पछाडि गम्छाले बाँधिएको र घाँटी रेटिएको अवस्थामा युवकको शव फेला परेको हो। उक्त शव धनुषाकै हंसपुर नगरपालिका–९ रुदौलीका करिब २० वर्षीय सुमित मण्डलको भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
डीएसपी गणेशबहादुर बमका अनुसार बिहीबार बेलुका घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ।
परिवारजनका अनुसार मण्डल बुधबार साँझ मोटरसाइकल लिएर घरबाट निस्केका थिए। त्यसपछि सम्पर्कबिहीन भएका उनी बिहीबार खेतमा मृत अवस्थामा भेटिएका हुन्।
घटनाको प्रकृति हेर्दा बुधबार राति नै उनको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ फागुन २०८२, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार