काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ। लामिछाने निवास पुगेर शाहीले आज भेट गरेका हुन्।
उनीहरूबीचमा प्रतिनिधि सभाको उपसभामुखबारे छलफल भएको जनाइएको छ।
शाहीले लामिछानेसँग भेट भएको फोटो फेसबुकमा राख्दै एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेको बताएका छन्।
उनले भनेका छन्, ‘विगतका दुःखहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौँ।’
प्रतिनिधि सभाको सभामुख पदमा रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचित भएको घोषणा भने आइतबार गरिने तय छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ चैत्र २०८२, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने