काठमाडौं । साताको दोस्राे कारोबार दिन सोमबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा ४१.०१ अंकले ओरालो लागेर २१२७.५२ विन्दुमा आएर रोकिएको छ । आइतबार नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लाग्दा ३ अर्बभन्दा बढी रकमको कारोबार भएको थियाे ।
साेमबार भने २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १७ करोड रुपैयाँको बिक्री भएको छ। साथै, रिडी हाइड्रो पावर कम्पनीको १० करोड ४८ लााखभन्दा बढीको सेयर कारोबार भएको छ ।
लुम्बीनी जनरल बिमा र आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार